फेसबुक ह्याक गरी चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
काठमाडाैं | चैत १९, २०७९
काठमाडौं: फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो।
अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ।
आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

